धनगढीमा रेनुका र अञ्जलीको हातबाट जुस पिएर डाक्टर केसीले तोडे अनशन

धनगढी : डाक्टर गोविन्द केसीले तीन दिने अनशन आज (सोमबार) तोडेका छन् । विगतमा आफूसँग भएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै केसीले मंसिर २९ गतेदेखि तीनदिने अनशन सुरु गरेका थिए । कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका डाक्टर केसीले धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र वडानम्बर १ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

अनशन तोडेपछि उनी धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना हुनेछन् । डाक्टर केसीले यो २१औं सत्याग्रह थियो । डाक्टर केसी कैलालीको गेटामा अनशन बस्न काठमाण्डौँबाट सुदूरपश्चिम आइपुगेका थिए । तर प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले गेटामा प्रतिष्ठानको विषय नराख्न दबाब दिएपछि उनी धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए ।

विश्वविद्यालय स्थापनाको विषय धेरै अघि बढीसकेको अवस्थामा डाक्टर केसीले भने आफ्नो माग पत्रमा गेटा प्रतिष्ठानको विषय समावेश गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.