गौरीगंगामा निःशुल्क कान शिविर सञ्चालन गरिने
अत्तरिया : कैलालीको गोरीगंगामा निःशुल्क काम शिविर सञ्चालन हुने भएको छ । गौरीगंगा नगरस्तरीय मेलमिलाप केन्द्र चौमालाको आयोजना, वडा नम्बर २ को सहकार्य र इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाको प्राविधिक सहयोगमा शिविर आयोजना गर्न लागिएको हो ।
शिविर गौरीगंगाको वडा नम्बर २ मा रहेको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने शिविरका संयोजक हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए । उनले शिविरमा औषधीमा ५ प्रतिशत र अप्रेसन गर्नपर्ने बिरामीलाई छुट प्रदान गरिने बताए । शिविर बिहान १० बजे देखि सञ्चालन गरिने जनाइएको छ ।