एमाले सुदूरपश्चिम प्रदेश संसदीय दल द्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग

अत्तरिया, २ पुस : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि आर्थिक सहयोग गरेको छ ।
सोमवार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ रुपैँया सहयोग गरिएको बताए । यहाँका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलित गरेर सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत भूकम्प प्रभावितलाई पठाइएको हो ।
एमाले संसदीय दलका नेता रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए । कार्तिक १७ गते शुक्रवार जाजरकोट बारेकोट स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.