कञ्चनपुरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा महिलाको मृत्यु

कञ्चनपुर, २ पुस : कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आइतबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो ।
दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ की भागरथी अवस्थीको मृत्यु भएको हो । म.१ ख.९३५ नम्बरको बसले सु.प.प्र.०१–००९ प.१२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
यसपछि धनगढीको माया मेट्रो अस्पतालमा लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अवस्थीका श्रीमान् र छोरा घाइते भएका छन् । मोटरसाइकल चालक शिवराज अवस्थी र उनका १३ वर्षीय छोरो बालकृष्ण उपचारपश्चात डिस्चार्ज भएका छन् ।
प्रहरीका अनुसार बस चालक बैतडी दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँका ३२ वर्षीय नरेन्द्र सिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.