Agni Offset Press

प्यारा तालको जैविक पहिचान उजारगर्दै पर्यटन विकासको नागरिक अभियान सफल पार्न उवासंघ पुनर्वासले गोहि बनाउदै

Aarati simant

कञ्चनपुर, ५ पुस : कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका ९ मा रहेको सदावहार जलाशय प्यारातालको जैविक महत्व उजागर गर्न नागरिकस्तरबाट सुरु गरिएको अभियानलाई सफल पार्न सहयोगीहरु थपिदै गएका छन् ।
राज्य र सरकारी निकायबाट उपेक्षित बन्दै आएको जैविक विविधता भएको प्यारा तालको पहिचान झल्काउदै पर्यटन प्रबद्र्धनका लागि यतिबेला अभियान सुरु गरिएको छ ।
नागरिकस्तबारट सुरु अभियानलाई सघाउन उद्योग वाणिज्य संघ पुनर्वासले गोहीको प्रतिमा निर्माण गर्ने भएको छ । पुस ३ गते उवासंघले तालमा बैठकको आयोजना गरि पर्यटन प्रबद्र्धनका लागि सुरु गरिएको नागरिक अभियानलाई सघाउन उक्त निर्णय गरिएको उद्योग वाणिज्य संघ पुनर्वासले जनाएको छ ।
विश्वमै दुर्लभ रहेको जलचर प्राणी ओदको मुख्य वासस्थान रहेको ताल जैविक हिसावले महत्वपूर्ण सदावहार जलाशय रहे पनि प्रचारप्रसार, संरक्षण र भौतिक संरचना निर्माणमा कसैको ध्यान जान नसक्दा ओझेलमा परेको छ ।
ओझेलमा पारिएको पुनर्वासको मुख्य पर्यटकीय स्थल बन्ने प्यारा तालको पर्यटन प्रबद्र्धनका लागि स्वस्फुर्त रुपमा सुरु गरिएको नागरिक अभियानमा हाम्रो पनि एक्यवद्धता जनाउन सो अभियानका अभियन्ता साथीहरु संग छलफल गरेर जैविक पहिचानलाई स्थापित गर्दै पर्यटन बिकासमा हातेमालो गर्न तालको बगरमा हामीले गोहीको प्रतिमा निर्माण गर्ने निधो गरेको उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले बताए ।
तालको पहिचानको स्थापनाका लागि माछाको स्तम्भ निर्माण गर्न सुरु गरिएको अभियानमा अहिलेसम्म माछाको प्रतिमा, सेल्फी स्पर्ट, ओदको प्रतिमा र कछुवाको प्रतिमा निर्माण भइ सकेका छन । ९ नम्बर वडा कार्यालयको सहयोगमा ताल परिसरमा वाटर फाउन्टेन, निर्माण गर्ने तयारी रहेको प्यारातालको पर्यटन बिकासका लागि सुरु गरिएको नागरिक अभियानका संयोजक दीपेन्द्र बस्नेतले बताए । तालको पर्यटन विकासका लागि नागरिकस्तरबाट सुरु गरिएको स्वस्फुर्त अभियान प्रति एक्यवद्धता जनाउदै हातेमालो गर्न अघि बढेकोमा उद्योग वाणिज्य संघ पुनर्वासका सम्पुर्ण पदाधिकारी हरुको निर्णय प्रती अभियानका संयोजक बस्नेतले धन्यवाद दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.