अत्तरिया, ५ पुस : कैलालीको गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले नगरमा सञ्चालन भएका योजनाहरुको अनुगमन सुरु गरेका छन् । बिहिबार नगरको वडा न. १ पृथ्वीनगरटोल हुँदै गरेको पीचको नगर प्रमुख विरेन्द्र भट्टद्वारा अनुगमन
गरेको हो । मेयर भट्टका अनुसार नगरमा सञ्चालित कालोपत्रे, तटबन्धन, ग्राभेल लगायतका योजनाको अनुगमन भईरहेको हो । ‘निर्माण भईरहेका सडक तथा ढलको गुणस्तरिय तरिकाले निर्माण भईरहेको छ की छैन् ? त्यसको अनुगमन सुरु भएको छ’, उनले भने । ‘अव निरन्तररुपमा नगरमा सञ्चालित योजनाहरुको अनुगमन हुनेछ ।’
मेयर भट्टले गुणस्तरिय तरिकाले निर्माण भए\नभएको स्थानीयहरुले चासो लिन आवश्यक रहेको बताए । ‘आफ्नो टोल बस्तीमा निर्माण भईरहेका योजनाहरुको स्थानीयहरुले पनि चासो दिन आवश्यक छ’, उनले भने ।