Agni Offset Press

खेलको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री साउँद

Aarati simant

अत्तरिया : खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले बताएकाछन । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साउँदले यस्तो बताएका हुन ।

खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण छ, खेलले खेलाडीलाई मात्र नभएर राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले पनि खेल प्रती खेलाडीको लगनशीलता, पर्याप्त हुनुपर्ने उनले बताए। खेलाडीहरुमा अभ्यास, अनुशासन पयाप्त हुनुपर्ने बताउँदै उनले खेल क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको बताए ।

प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टिमको सहभागीता छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपियाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको समुह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समितिसँगै टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदूरपश्चिम ११ स्पोर्टस क्लब छन् । यस्तै, समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.