धर्मले समाजलाई लक्षित बाटोमा डो-याउँछ : नगर प्रमुख भट्ट

अत्तरिया, ७ पुस : गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले धर्मले समाजलाई लक्षित बाटोमा डो¥याउँने बताएका छन् । समाजको प्रगतिका लागि धर्म आवश्यक रहेको भन्दै उनले धर्मको संरक्षण पनि आवश्यक रहेको र त्यसकोलागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताए । शनीबार गोदावरी इसाई समाजले अत्तरियामा आयोजना गरेको संयुत्त ख्रीष्मस कार्यक्रममा नगरप्रमुख भट्टले नेपालमा सबै जातजाती भाषाको समान अधिकार रहेको बताए ।
‘नेपाल धर्म निरपेक्ष राष्ट्र भएको हुनाले हरेक ठाँउमा सबैको अधिकार बराबर रहन्छ, संविधानले नै धर्म निरपेक्ष राष्ट्र बनाईसकेपछी कसैको कम अधिकार र कसैको बढी भन्ने हुदैँन’, उनले भने । गोदावरी नगरपालिका इसाई र मुस्लीम समाजकालागि दश दश लाख रुपैँया बजेट छुट्याईएको उनले बताए ।
गोदावरी धाम र आर्यघाटको विकास अनिवार्य रहेको भन्दै उनले इसाई र मुस्लीम धर्मका व्यत्तिहरुकालागि अलगै आर्यघाट अनिवार्य रहेको महसुस आफुलाई भएको बताएका छन् । यसकालागि दुवै धर्मका व्यत्तिहरुसंग बसेर छलफल गरिने उनले बताए । यसुले समाजलाई सहि बाटोमा हिँडाउनकालागि उदेश्यले गरेका प्रयासहरु अविष्मरणीय रहेको भन्दै नगर प्रमुख भट्टले ख्रीष्मस डे को शुभकामना व्यत्त गरे । कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्टले बजेट अभावका कारण थुप्रै कामहरु गर्न नसकिएको बताए ।
उनले गत वर्ष पनि निर्धारित बजेटबाट संघिय सरकारले काटेको र यसवर्ष पनि साढे चार करोड नगरपालिकाको खाताबाट अदालतले नै झिकेको बताए । ‘अघिल्लो मेयरका पालमा नदीजन्य पर्दाथको ठेक्का प्रकियाको मुद्धाकालागि साढे चार करोड नगरपालिकाको खाताबाट अदालतले पहिले नै झिकिसकेको छ उनले यसरी विकास बजेट फेरी कम हुने हो की भनेर हामी आशंकित भएका छौँ ।’
उनले गोदावरी नगरसंग प्रसस्त बजेटको अभाव भएको कारणले पनि नगरले थोरै भएपनि इसाई समाजलाई, मुस्लिम समाजलाई सम्झनुपर्छ भनेर धर्मप्रति आस्थावान प्रक्रियालाई अगाडि बढाउन सहयोग पुर्याउनु पर्छ भन्ने उद्देश्यका साथ बजेट विनियोजित गरिएको बताए । नगरले गोदावरीमा रहेको हिन्दू धर्मावलम्बीहरुको आर्यघाटलाई व्यवस्थान गर्न कार्य गरिरहेको छ साथै आर्यघाटको व्यवस्थापन गर्न एकदमै आवश्यक हुने भएको ले यसको लागि ठूलो राशि खर्च हुने बताए
गोदावरी नगरपालिकाले बृहत गोदावरी धाम विकास कल्पना सहित डिपिआर निर्माण गरेको बताए । यस डिपिआर निम्ति कार्य सुरु गर्न झण्डै ४० करोड सम्म खर्च गर्नु पर्ने परिस्थिति छ जुन स्थानीय तहबाट बजेट अभावका कारण नसक्ने बताए । नगरले आर्यघाट व्यवस्थापन हुनु पर्दछ भन्ने धारणाका साथ त्यसको लागि प्रदेश सरकार र संघ सरकारले सहयोग गर्नु पर्दछ उद्देश्यका साथ डिपिआर तयार गरिएको बताए ।
ख्रीष्मस डे को पुर्वसन्ध्यामा गोदावरी इसाई समाजका अध्यक्ष डेभिट कैनीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधीहरु, विभिन्न संघ सँस्थाका प्रतिनिधीहरु तथा कृषीयन धर्मका आस्थावान व्यत्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.