गोदावरी–१ चैतन्यपुरमा पुष २० देखि ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने

अत्तरिया : कैलालीको चैतन्यपुरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ चैतन्यपुर स्थित नवदुर्गा भगवति मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यहि पुष २० देखि २६ गते गतेसम्म ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने आयोजक नवदुर्गा भगवति मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको स्तरोन्ती, सनातन संस्कृतिको संरक्षण तथा पर्यटकीय स्थल निर्माणका लागि महायज्ञ लगाउन थालिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक मानबहादुर बलायरले बताए । महायज्ञ सफलता पुर्वक सम्पन्न गर्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको उनले बताए ।
महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिरको उक्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे । यसैबीच मन्दिर परिसरमा रहेको भवनमा महायज्ञ व्यवस्थापन समितिको सचिवालयको स्थापना गरिएको छ ।

महायज्ञ कार्यक्रमका संयोजक मानबहादुर बलायरको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा गोदावरी नगरपालिका वडा नम्बर १ का वडा सदस्य गम्भीर साउँद प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अच्युत शरण महाराज बिशिष्ठ अतिथि रहेका थिए भने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कापडी, नेकपा एमालेका युवा नेता छबिन्द्र नाथ योगी लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महायज्ञ व्यवस्थापन समितिका सचिव खेम भट्टले गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.