नव प्रतिभाहरूलाई प्रोत्साहन दिनु आवश्यक : उपकुलपति डा.जोशी

अत्तरिया : दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डका उत्कृष्ट मनोनयनमा परेका कलाकारहरूलाई शनिबार धनगढीमा सम्मानित गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले उत्कृष्ट मनोयनमा परेका २१ बिधाका एक सय भन्दा बढी कलाकारलाई अवार्डबाट सम्मानित गरे।
सो अवसरमा बोल्दै उपकुलपति डा.जोशीले कलाकारहरू राष्ट्रका गहना भएको बताउदै नव प्रतिभाको सम्मान र प्रोत्साहनका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए। उपकुलपति जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रतिभाहरूको खोजी गरेर आगामी दिनमा सम्मान र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताए।
सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्दको सभापतित्वमा सम्पन्न समारोहमा समाजसेवी माया प्रकाश भट्ट, सुप कला प्रतिष्ठानका संस्थापक अध्यक्ष कलाकार राजकुमार जोशी,राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, माधब बिष्ट, कृष्णा सिराडी, प्रेम विवस चन्द लगायतले शुभकामना र बधाई ज्ञापन गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.