इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना

अत्तरिया, ८ पुस : कैलालीको एक प्रहरी कार्यालयमा आइतवार पुस्तकालय स्थापना गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो । फौजदारी अभियोग लागि कानुनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली बीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता अनुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बराल वार्षिक क्रियाकलाप मध्ये सबैभन्दा बढी लागू औषधका मुद्धा रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.