Agni Offset Press

बैजनाथ सहकारीको ११ औं साधारणसभा सम्पन्न

Aarati simant

अत्तरिया, १० पुस : कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा रहेको बैजनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष राजबहादुर कडायतको सभातित्व साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजबहादुर कडायतले २०६४ सालमा ५७ जनाले २ सय का दरले बचत गरी संकलित बचतलाई परिचालन गरी ११ हजार ४ सय रुपैयाँबाट सुरु थियो । बचत समूहलाई २०७० सालमा कैलालीमा विधिवत् रूपमा दर्ता गरिएको संस्थामा आर्थिक वर्ष २०७९\०८० आइपुग्दा ७ सय ८१ जना शेयर सदस्यहरु पुगेका छन । साथै संस्थाको शेयर पूँजीमा गत वर्षको भन्दा ४.८ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्षमा ५५ लाख ४५ हजार पुगेको अध्यक्ष कडायतले बताए ।
संस्थाको प्रतिवेदन अनुसार आर्थिक कारोबार गत वर्षको तुलनामा १६.११ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्ष १०७९\०८० मा ५ करोड २७ लाख ९ हजार बराबरको गरेको छ । उक्त कारोबारबाट संस्थाले १२ लाख ५७ हजार ४ सय ७८ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत वर्षको भन्दा २६.०७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको निक्षेपतर्फ गत वर्षको तुलनामा यस वर्ष ७.५१ प्रतिशतले वृद्धि भएसंगै ४ करोड २५ लाख ३२ हजार पुगेको छ । यस्तै संस्थाले ३ करोड ५६ लाख ३१ हजार बराबरको रकम कर्जामा लगानी गरेको छ भने संस्थाको जगेडा तर्फ ३८ लाख २५ हजार ३ सय ९७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको अवसर पारेर संस्थामा आबद्ध सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता, असल ऋणी, उद्यमी, कृषक लगायत विभिन्न विधामा पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको थियो । सहकारीका अध्यक्ष नरेन्द्रबहादुर बोहराको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष फणिन्द्र सापकोटा रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक देवराज पन्त रहेका थिए । यस्तै सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.