अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा यहि पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको महोत्सव यस बर्ष पनि पुस २६ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने भएको हो ।
बुधबार अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २६ गतेदेखि महोत्सव सञ्चालन हुनेछ। अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए ।
महोत्सवमा प्रवेश शुल्क विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क छ । आयोजकका अनुसार महोत्सवमा १ सय ५० ओटा स्टल रहनेछन् । ८० लाख लगानीमा सञ्चालन गरिने महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । महोत्सवले स्थानीय उत्पादनले प्रोत्साहन पाउने जनाएको छ ।