अत्तरिया, ११ पुस : गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको सत्यवती एकेडेमीमा ‘सुदूरपश्चिमको पर्यटन र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न भएको छ । बुधबार टिआरटिआइ ( टुरिज्म रिसर्च एण्ड ट्रेनिंग सेन्टर)ले विद्यालय परिसरमा उत्त कार्यक्रमको आयोजना गरेको हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उत्त कार्यक्रमको आयोजना गरिएको टिआरटिआइका अध्यक्ष मदनकुमार बरालले बताए ।
पर्यटन व्यवसायलाई माथि उकास्न विद्यार्थीहरुबाटै बलियो सम्भावना भएकोले सातवटै प्रदेशमा विद्यालयस्तरमा पुगेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ । कार्यक्रममा विद्यालयका सँस्थापक विरबहादुर कडायतले सुदूरपश्चिममा पर्यटन विकासको प्रचुर सम्भावना भएको बताए । उनले देशलाई सम्वृद्ध बनाउन कृषी,जलविद्युत तथा पर्यटनको विकास अनिवार्य रहेको बताए ।
आफुले शिक्षा क्षेत्र तथा विद्यालयको तर्फबाट पर्यटन विकासकालागि गर्न सकिने सहयोगकालागि सँधै तयार रहेको उनले बताए । विद्यालयकी प्रिन्सिपल यसोदा कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्ट रहेका थिए । कार्यक्रममा टिआटिआइका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उत्त कार्यक्रमको संचालन विद्यालयकी शिक्षक भाषीका भट्टले गरेकी थिईन् ।
टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्यूट (टिआरटिआइ) नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ सन् २०२१ मा स्थापित कम्पनी हो । पर्यटनबाटै समृद्धि भन्ने मूल नाराका साथ स्थापित यस कम्पनीले स्थापना कालदेखिनै पर्यटन प्रवद्र्धनार्थ पर्यटन सचेतना एवं शिक्षालाई जोड दिदै त्यसका लागि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सम्बन्धित पाेस्टहरु