अत्तरिया : कैलालीको गौरीगंगा नगरस्तरीय मेलमिलाप केन्द्र समिति गठन गरिएको छ । नगर उप–प्रमुख तथा न्यायीक समिति प्रमुख भोजबहादुर बमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी भएको भेलाले नगरस्तरिय मेलमिलाप केन्द्र संयोजकमा पुनः हेमन्त राज जोशी (बाजे) लाई सर्बसम्मत चयन गरेको हो ।
नगरपालिकामा १ देखि ११ वटा वडाका सुचिकृत ४९ जना मेलमिलापकर्ता रहेका छन । विवादको साटो, मेलमिलापको बाटो भन्ने मुल नारा लिइ आगामी दिनहरुमा न्यायिक समितिसँग सहकार्य गर्दै अघि बढने र समुदायमा भएका विवादहरु न्यूनीकरणका लागि प्रयत्नशील रहने संयोजक हेमन्तराज जोशी (बाजे) ले बताए । गौरीगंगा वडा नं– १ संयोजक सुमन सिलाधर, २ जानकी बिक, ३ सिद्ध कँडेल, ४ बिस्णुमाया जोशी, ५ पदम नेपाली, ६ लक्ष्मी बोगटी कुँवर, ७ रेखा चौधरी, ८ पार्बती ऐर, ९ पहरी देबि चौधरी, १० रुपा बिक चयन भएका छन् ।
कार्यक्रममा न्यायिक समिति सदस्य जानकी बोहरा, मदन नेपाली, महिला विकास शाखा प्रमुख भावना जोशी लगायत वडाका मेलमिलापकर्ता हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठक्कुलाले गरेका हुन ।