अत्तरिया, १३ पुस : गोदावरी नगरपालिका वडा नं ४ मा रहेको बसन्तपुरमा किसानहरुलाई ६ ओटा पोलिहाउस वितरण गरेको छ । गोदावरी नगरपालिका र या नेपालको आर्थिक सहयोगबाट किसानलाई पोलिहाउस वितरण गरेको हो ।
स्थानीयस्तरमा परम्परागत रुपमा तरकारी खेती गर्दै आएका कृषकलाई तरकारी खेतीतर्फ अग्रसर गराउने उद्देश्यले सहयोग गरिएको हो । यसका लागि बिउँ, फलामे ट्रस, पोलिहाउस र तालिम समेत स्थानीय स्तरमै दिइएको कुरा संस्थाकी कृषि प्राविधिक निर्मला बुढाले बताईन ।
पोलिहाउस हस्तान्तरण गर्दै गोदावरी नगरपालिका वडा न. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले भने, स्थानीय अत्तरिया बजार नजिकै भए पनि बाहिर बाट आयातित विसादीयुक्त तरकारी खानुको सट्टा स्थानीयस्तरमै आफ्नै बारीमा अर्गानिक तरकारी लगाएर लाभ लिई आफू र स्थानीय वासीलाई खुवाउन प्रेरित गर्न जोड दिए ।
पछिल्ला दिनमा पालिकाले एक घर एक प्राविधिक उत्पादन गर्ने, फोहोरलाई मोहरमा बदल्ने, उदेश्यले कृषि शिक्षा संचालन भईरहेको छ । स्थानीयस्तरमा अहिले व्यावसायिक तरकारीको लागि किसानहरुले पोलिहाउस निर्माण गरिरहेका छन् । प्रारम्भिक चरणमा ६ वटा पोलिहाउस बितरण गउरेको र आगामी दिनमा सबै कृषकहरुलाई आवश्यकता अनुसार प्रदान गर्ने लक्ष्य अनुरुप काम अगाडी बढेको कृषि शाखा प्रतिनिधिले जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु