वास्तविक किसान छुट्ट्याउन गाह्रो छ : मन्त्री चौधरी

अत्तरिया, १३ पुस : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली किसान छुट्ट्याउन गाह्रो हुने गरेको बताएका छन ।
शुक्रबार प्रदेशसभाको सामाजिक विकास समितिसँगको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन । सामाजिस विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेशसभा सदस्य धर्मराज पाठकले अनुदान वितरणमा वास्तविक किसान नसमेटिने गरेको गुनासो आएको बताएका थिए ।
पाठकले राखेको जिज्ञाशाको जवाफ दिदै मन्त्री चौधरीले वास्तविक र नक्कली किसान छुट्याउन समस्या हुने गरेको सुनाएका हुन् । ‘अनुगमन गर्न जाँदा कहाँ कहाँबाट बाख्रा खोजेर खोरमा राख्छ कहाँबाट भैंसी खोजेर गोठमा बाँध्छ, अनुदान लिइसकेपछि सबै खाली हुन्छ,’ चौधरीले भने, ‘एउटै घरबाट पाँच वटा कृषि फार्म दर्ता भएको छ । फार्म फरक पारी एकै व्यक्तिले हरेक वर्ष अनुदान लिइरहेको पाइएको छ ।’
छलफलका क्रममा कृषि राज्यमन्त्री कैलाश चौधरीले एकै आर्थिक वर्षमा एकै व्यक्तिले फरक फरक फर्म प्रयोग गरि तीन पटकसम्म अनुदान लिएको भेटिएको बताए । चौधरीले अनुदानमा भइरहेको दुरुपयोग रोक्न उत्पादनमा आधरित अनुदान दिने र किसान कार्ड लागुगर्ने सोचाइमा आफू रहेको बताए । शुक्रबार सामाजिक विकास समितिले भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री, राज्यमन्त्री र मन्त्रालयका सचिव डा. मदन सिंह धामीलाई बोलाएर कृषि मन्त्रालयबाट सम्पादन भएका कामको प्रगति विवरणमाथि छलफल गरेको थियो ।
समितिका ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा भएको बैठकमा प्रदेशसभा सदस्य धर्म राज पाठक, प्रकाश बम, माया पन्त, तुल्सी देवकोटा र जानकी कुँवरले मन्त्री चौधरीलाई विभिन्न प्रश्न सोधेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.