जंगलमा त्यतिकै खेर गएको मेलको खुदो बनाउँदै बाजुराका स्थानीय

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–८, पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोजदेखि मङ्सिर महिनासम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।

पाकेको मेलबाट बनेको खुदोले गाईभैँसी र भेडाबाख्रालगायतका जनावरलाई आउँमासी झाडापखाला तथा दिसापिसाबमा रगत आउने रोगलाई निको पार्ने भएकाले पछिल्लो समय यहाँका महिलाले मेलको खुदो पार्ने गरेको बुढीनन्दा नगरपालिका–८, खिन्तुरी रोकायाले बताइन। बुढापाखाले तमाखुमा हालेर खाने गरेकाले गाउँघरमा भने केही मात्रामा मात्र बिक्री हुने गरेको भए पनि बाहिर भने कतै माग नभएको रोकायाले बताइन । असोजदेखि मङ्सिरसम्म पाक्ने गरेको यो मेल अहिले पनि गाउँमा त्यत्तिकै खेर गइरहेको छ । खाँदा गुलियो र स्वादिलो हुने मेल मानव स्वास्थ्यका लागि समेत निकै उपयोगी छ तर यसको प्रयोग भने कमै हुने गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.