बझाङ्ग : बझाङ्गमा जेसिवी मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-९ पुरानो बस पार्क नजिक बाउली गाड किनारामा सोमबार राति दुर्घटना हुँदा मेसिनका चालकको घटना स्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा बिथ्थडचिर गाउँपालिका-६ का ३६ वर्षीय प्रकाश कठायत रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।