Agni Offset Press

क्रसर उद्योग सञ्चालनमा मनपरि

Aarati simant

कैलाली र कञ्चनपुरमा कति क्रसर उद्योग सञ्चालनमा छन् । त्यो कुनै पनि निकायले तथ्यांक राख्न सकेको छैन् । कति अनुमती लिएर सञ्चालनमा छन् भने कति अनुमति विना नै सञ्चालनमा रहेका छन् । क्रसर उद्योग सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड धेरैले गरेका छैनन् । कुनै पनि निकायले अनुगमन तथा निरीक्षण समेत गर्न सकेका छैनन् । स्थानीय सरकारसंग अधिकार हुँदाहुँदै पनि काम गरेको देखिदैन् । चुरेमा हुने बाढी पहिरो र विनासलाई लक्षित गर्दै मनपरि तरिकाले क्रसर उद्योग सञ्चालनमा रोक लगाएको छ ।
मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालनमा छन् । योजनाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा सञ्चालन गरेको छन् । क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड मिचेरै क्रसर उद्योग सञ्चालन गरेका छन् । कञ्चनपुरमा हुलाकी राजमार्ग प्रयोजनका लागि भन्दै खोलिएका दुई क्रसर उद्योग अझै पनि सञ्चालनमा छन् । कञ्चनपुरमा गत आर्थिक वर्ष जिल्ला अनुगमन समितिले तीन क्रसर उद्योग बन्द गराएको थियो ।
क्रसर उद्योगबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि अख्तियारको निर्देशन अनुरूप मापदण्ड विपरीत सञ्चालनमा रहेका तीनै उद्योग बन्द गराइएको थियो । अख्तियारका अनुसार दोधारा–चाँदनी नगरपालिका–३ मा रहेको बासुलिंग कन्सक्ट्रन प्रालि, बेदकोट नगरपालिका–३ को बेदकोट निर्माण सामग्री केन्द्र र कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरब विल्डर्स क्रसर उद्योगको विद्युत लाइन काटेर बन्द गराइएको छ ।
क्रसर उद्योग सञ्चालनका लागि वातावरण प्रभाव मूल्यांकन (आईई) सहितका विभिन्न मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । हाईटेन्सन लाइनबाट एक सय मिटर टाढा, राजमार्ग, खोला, पक्की पुलबाट पाच सय मिटर टाढा, चुरे र अन्तर्राष्ट्रिय सीमाबाट १ किलोमिटर टाढा, शिक्षा, स्वास्थ्य, सुरक्षा, वन, घना बस्ती, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष, धार्मिक सांस्कृतिक पुरातात्विक महत्वका स्थानबाट दुई किलोमिटर टाढा हुनुपर्ने मापदण्ड छ ।
यति हुँदाहँदै पनि आफ्नो मनपरि ढंगले क्रसर उद्योग सञ्चालन गरेको हुन्छ । तीन तहको सरकार भएको मुलुकमा एक अर्कोप्रति आरोपप्रत्यारोप गर्दै समय वित्ने गरेको छ । निती नियम कत्तै पनि कार्यान्वयन भएको हुँदैन् । देशमा नीतिलाई सहि ढंगले पालना गर्न नसक्दा नै गलत गर्ने मनसाय भएकाहरुले फाईदा लिइरहेका छन् । राज्य आफ्नो जिम्मेवारबाट भाग्ने वाहेक कुनै पनि काम गरेको देखिदैन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.