बझाङमा सोमबारदेखि सम्पर्कविहीन अहेब सेती नदीमा मृत भेटिए

अत्तरिया : बझाङस्थित सेती नदीमा एक जनाको शव फेला परेको छ। जिल्लाको केदारस्युँ गाउँपालिका–१ गर्जेपानीस्थित सेती नदीमा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव केदारस्युँ गाउँपालिका–१ रायलका ४३ वर्षीय महेन्द्र मल्लको रहेको खुलेको छ। मल्ल सोमबार रातिदेखि सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो। उनी केदारस्युँ गाउँपालिका-९, झोता स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत थिए।
मंगलबार बेलुका सेतीमा माछा मार्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सेती किनारमा मल्लको शव घोप्टो अवस्थामा थियो। मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.