
माघ महिना लाग्योकी गोदावरी धामको बारेमा अनेक बहस सुरु हुन्छन् । फेरि माघ सकीन्ने वित्तिकै विषयवस्तु सिलाउन्छ । गोदावरी धाम साच्चिकै एक प्रमुख तिर्थस्थल बनिसक्यो भन्दा फरक नपर्ला । कैलाली र कञ्चनपुरका जिल्लामा बसोबास गर्नेहरुका लागि महत्वपूर्ण तिर्थस्थल भएको छ । तराईका जिल्लामा लागि मात्र होइन । पहाडका जिल्लाका लागि पनि उत्तिक महत्वपूर्ण भएको छ । हरेक बर्ष माघे संक्रान्तिमा मेला लाग्छ । विभिन्न समिति उप–समितिहरु मनलाग्दी तरिकाले पैसा संकलन गर्छन् । अनेक नाममा संकलन गरेका रकम कहाँ खर्च हुन्छ ? त्यसको लेखाजोखा गर्ने कुनै पनि निकाय छैन् । धाममा एकैदिन हजारौँ रुपैयाँ संकलन हुन्छ । खोला वारिपारि रहेका समितिहरुले गोदावरीको विकासका लागि संकलन भएको रकम हिसावकिताव जनतालाई दिनसक्नुपर्दछ । तव, मात्र आर्थिक रुपैयाँ संकलन गरेको सार्थकता पाउन्छ होइन भने धाममा मनलाग्दी रुपमा रकम उठाउन नमिल्ने गरी सरकारले बलियो रुपमा प्रस्तुत हुन आवश्यक छ ।
वृहत गोदावरीधाम बनाउने उद्देश्यले फरक दृष्टकोणले ऐन पास गरेको कुरा वाहिर आएको छ । तर, कार्यान्वयन ल्याउन सकेको छैन् ।
ऐनमा बृहत गोदावरी विकास भनेर पास गरेको यस अन्तर्गत वनदेवी मन्दिर, आर्यघाट, हनुमान मन्दिर सबै स्थलहरु समेटेर एउटा मूल समिति बनाउने संगै भोलीका दिनमा नगर प्रमुख जुनसुकै किन नहोस् नगरको प्रमुख संरक्षक हुनेगरी ऐन पास गरेको कुरा वाहिर आएको छ ।
वृहत गोदावरीधाम विकास कल्पना सहित डिपिआर निर्माण तयार पारिएको छ । गोदावरीधामको डिपिआर निम्ति कार्य सुरु गर्न झण्डै ३८ देखि ४० करोड सम्म खर्च गर्नुपर्ने परिस्थिति भएको र जुन स्थानीय तहबाट बजेट अभावका कारण अगाडि बढाउन नसकेको भन्नेछ । नगरपालिकाले बजेटको वहानामा गोदावरीको विकास गर्ने कार्य रोक्नुहुँदैन् । नगरका लागि गोदावरीधाम एक बलियो स्रोत पनि बन्नसक्छ । यस कुरामा नगरको नेतृत्वले सोच्न जरुरी छ । स्थानीय सरकारले चाहेमा मात्र गोदावरीमा भईरहेको मनपरि रोक्न सकीन्छ होइन् भने रोकीन्नेवाला छैन । स्थानीय सरकारले आफ्नो मातहत ल्याएर त्यहाँको गतिविधिलाई नियाल्न आवश्यक छ । हिजोका दिन स्थानीय सरकार हुँदा पनि उस्तै अहिले पनि उस्तै हुनुहुँदैन् । गोदावरीको विकासका लागि स्थानीय सरकारले एक्सन लिनसकेमा पक्कै पनि सुधार हुनेछ । धाममा रहेका विद्यालय पनि व्यवस्थित हुन सकेको छैन् । समितिले मकरमेलाको समयमा मात्र आर्थिक संकलन गर्ने त्यसपछि वेवास्ता गर्ने गरेको छ ।
