प्यारातालको पर्यटन विकासका लागि भारतमा पनि सुरु भयो स्वस्फुर्त आर्थिक संकलन अभियान

कञ्चनपुर : नेपालको छिमेकी राष्ट्र भारतमा पनि प्यारातालको पर्यटन विकासका लागि स्वस्फुर्त आर्थिक संकलनका लागि अभियान सुरु गरिएको छ ।

प्रवासमा रहेर मातृभुमिको विकास निर्माण र समाज सेवामा सदैव क्रियासिल रहने पुनर्वास नगरपालिका ५ ग गाउँ घर भइ हाल दक्षिण भारत चेन्नइ रहेका समाजसेवी तथा सुदूरपश्चिम नेपाली समाज भारतका केन्द्रिय प्रथम उपाध्यक्ष एवं तमिलनाडु राज्य समिती इन्चार्ज मानबहादुर साउद,जन सम्पर्क सम्पर्क समिति दक्षिण भारत उत्तर शाखाका अध्यक्ष एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश वैदेशिक रोजगार परामर्श विभागका सदस्य अम्मरबहादुर सिंह र सुदूरपश्चिम प्रदेश खड्का एकता समाजका वरिष्ठ उपाध्यक्ष लालबहादुर खड्काले प्यारातालको पर्यटन बिकासका लागि स्वस्फुर्त आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।

आफू प्रवासमा रहेर मातृभुमिको बिकास निर्माणका लागि अभियान चलाउनु भएकोमा प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले हार्दिक आभार प्रकट गर्दै यो अभियानमा जोडिएर सहयोग गरि मातृभुमिको विकासमा यहाँहरु सबैको हातेमालो रहोस भन्ने कामना गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.