गौरीगंगा–५ अण्डैयामा निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रम

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयामा एक दिने निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रम आयोजनना गरिएको छ । गौरीगंगा नगरपालिका-५ को समन्वय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको सहकार्यमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले कार्यक्रमको आयोजना गरेको हो ।

नेल्टाका सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव हेमन्तराज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णु भाट रहेका थिए भने विशिष्ठ अतिथिमा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालयकी डा. रिचा फुँयाल रहेकी थिईन ।
कार्यक्रममा वडाध्यक्ष भाटले घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने हुँदा रेविज विरुद्धको खोप कार्यक्रममा सहकार्य गरिएको बताए । उनले रेविज लागिसकेपछि त्यसको उपचार नभएकाले रेविजको न्यूनीकरणका लागि रोग लाग्न नदिनु नै उपयुक्त हुने हूँदा खोप सम्बन्धीका कार्यहरुलाई बढी महत्व दिईनुपर्ने बताए । उनले सामुदायिकस्तरमा भएका वा घरपालुवा जनावरहरुलाई रेविज विरुद्धको खोप अनिवार्य रुपमा लगाउन समेत आग्रह गरे ।
कार्यक्रममा १७० वटा घर पालुवा तथा सामुदायिक कुकुर हरु लाई निःशुल्क रेबिज बिरुद्धको खोप लगाईएको नेल्टाका प्रदेश सचिव हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए । उनले रेविजको न्यूनीकरणका लागि नगर भित्रका सम्पूर्ण वडाहरुमा उक्त कार्यक्रम संचालन गरिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.