गोदावरी नगरपालिकामा आजबाट दादुरा-रुबेला खोप अभियान सञ्चालन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आज देखि दादुरा–रुबेला खोप अभियान सञ्चालन भएको छ । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले आज देखि चैत्र ७ गतेसम्म देशका ७५ ओटा जिल्लामा यो अभियान सञ्चालन गरेको छ ।
त्यसै अनुरुप दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न नगरका ९५ विद्यालयमा खोपकेन्द्र तोकिएको गोदावरी नगरपालिका स्थास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् । उक्त अभियान ९ महिनादेखी १५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाईदै गरिने जानकारी दिएका छन ।

विद्यालय बाहिरका बालबालिकालाई स्वयमसेविकासंगको सहकार्यमा अभिभावकले खोपकेन्द्रसम्म पुर्याउनु पर्नेछ । नगरपालिकाको स्वास्थ्य शाखाले ९ दिनसम्म सञ्चालन गर्ने यो अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । अभियान सञ्चालनकालागि स्वास्थ्यकर्मी र स्वयमसेविका गरी १ सय १३ जना खटिने प्रमुख अवस्थीले बताए । यसैबच गोदावरी नगरपालिकाले नगरका सबै स्वास्थ्यकेन्द्रमा रहेका स्वास्थ्कर्मीलाई दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.