अत्तरिया, १९ फागुन : अछामको कोटिहोम महायज्ञमा आगलागी भएको छ । शनिबार कोटीहोम महायज्ञमा आगलागी भएको हो । पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले बताए । फागुन २५ गतेसम्म सञ्चालन हुने गरी अछामको वैद्यनाथ धाममा कोटिहोम लगाइएको थियो ।
नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको थियो । तर, होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । पाँचवटा कुण्डमध्ये एउटा कुण्ड मात्र जलेर नष्ट भएको तथा कुनै मानवीय क्षति नभएको डीएसपी पाठकले बताए ।
साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा शिवरात्रिसम्म कोटिहोम महायज्ञ सञ्चालन हुने गरी महायज्ञ लगाइएको छ । वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचारप्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नति, लोक संस्कृति, कोककला, लोकगाथाको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गरिएको छ ।
सम्बन्धित पाेस्टहरु