बाजुरा : बाजुराको बडिमालिका नगरपालिका शाखा प्रमुखले कर्मचारीमाथी कार्यालयमै हातपात गरेकी छिन । मेड्पा परियोजनाको शाखा प्रमुख रन्जिता शाहीले शाखामा कार्यरत कर्मचारी कबिताकुमारी सुर्यबंसी माथी हातपात गरेकी हुन ।
शुक्रबार कार्यसम्पादनका कागजात शाखा प्रमुख शाहीले च्यातेर फालिदिएपछी विवाद चर्किएर हातपात भएको हो । कुटिएपछी घाइते भएकी कर्मचारी सुर्यबंसीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
सम्बन्धित पाेस्टहरु