Agni Offset Press

धनगढी-अत्तरिया क्षेत्रमा १३२ केभि विद्युत प्रसारण लाइन जडानको तयारी

Aarati simant

अत्तरिया : धनगढी अतरिया क्षेत्रमा हाल सञ्चालनमा रहेको ३३ के भि विद्युत लाईनले धनगढीको उच्च माग मध्येनजगर गदै अत्तरिया–धनगढी १३२ केभी विद्युत प्रसारण लाइनको प्रभावित क्षेत्रमा सुझाव संकलन गर्ने काम शुरु भएको छ । धनगढी बजार क्षेत्रमा कम भोल्टेजको समस्या हरेक बर्ष बढ्दै गएपछि अत्तरिया–धनगढी १३२ केभि विद्युत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको मस्यौदाबारे प्रभावित क्षेत्रमा सुझाव संकलन सुरु भएको हो ।

नेपाल विद्युत प्राधिकरणले आयोजनालाई अगाडि बढाउन प्रभावित क्षेत्र गोदावरी नगरपालिका, धनगढी र कृष्णपुर नगरपालिकाका प्रभावित वडाका वासिन्दालाई समेटेर मस्यौदाबारे सुझाव संकलन शुरु गरेको छ । शनिबार गोदावरी नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर १ र ५ का वासिन्दालाई समेटेर सार्वजनिक सुनुवाई गरेको थियोे । धनगढीमा ठुला उद्योग तथा कलकारखाना स्थापना हुँदा यहाँका बासिन्दाले बेला–बेला अन्धकारमा बस्नुपर्ने बाँध्यता रहेको छ । यसको समाधानका लागि यही वितरण केन्द्र स्थापना हुदाँ सहज हुने अपेक्षा स्थानीयको छ । आयोजना शुरुवात गर्दा सवै लाई सहज हुने गरी गरनुपर्ने स्थानीय जनप्रतिनिधीको भनाई छ ।

आयोजनालाई अघि बढाउन वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको मस्यौदा उर्जा प्रवद्र्धन केन्द्रले स्वीकृत गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका वासिन्दाहरुसंग राय सुझाव लिन शुरु गरेको हो । यो आयोजनालाई पुरा गर्ने बाक्लो मानविय वस्ती लाई छल्दै ५६ वटा टावर निर्माण गरिने नेपाली विद्युत प्राधिकरण वातावरण तथा अध्ययन विभागका इन्जिनियर कमलहरी दुलालले बताए । उनले १७. ०२ किलोमिटर लामो प्रसारण लाईनमा १.५ किलोमिटर भुमिगत गरिने जानकारी दिए ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा गर्मी याममा अनियमित विद्युत कटौती हरेक बर्ष बढ्दै गएको छ । गर्मी बढ्दै जादाँ हुने विद्युत कटौतीको समस्याल नागरिक सधै आजित हुदै आएका छन् । यो प्रसारण लाईन निर्माण भएपछि बढ्दो सहरीकरण र औद्योगिककरण लाई गुणस्तरीय विद्युत प्रदान गर्न सहज हुने नेपाल विद्युत प्राधिकरण काठमाण्डौँका सह निर्देशक अच्युत दवाडीले अपेक्षा लिए । अतरिया – धनगढी १३२ केभि विद्युत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणमा १७ वटा सामुदायिक वनमा ८ हजार भन्दा बढी रुख काट्नु पर्ने देखिएको छ भने आयोजना सम्पन गर्न १ अर्ब ५० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.