अत्तरिया चौराहामा क्रेनको ठक्करबाट एक युवती घाइते

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छन । जिल्लाको गोदावरी नगरपालिका–२ की अमृता मल्ल घाईते भएको प्रहरीले जनाएको छ ।

लु १ क ३७०२ नम्बरको क्रेनले युवतीलाई ठक्कर दिएको थियो । क्रेनको ठक्करबाट गम्भिर घाइते मल्लको अत्तरिया अस्पतालमा उपचार भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.