अत्तरिया, २३ फागुन : शिक्षा तथा स्रोत विकास केन्द्र सानोठीमी भक्तपुरका निर्देशक सुरेशकुमार जोशीले विद्यालयमा अनुगमन र सुपरीवेक्षण कमजोर बन्दै गएको बताएका छन् । अनुगमन गर्ने अधिकार स्थानीय सरकारलाई दिए पनि प्रभावकारी बन्न नसकेको उनले बताए । बुधबार धनगढीमा पत्रकार भेटघाट कार्यक्रममा जोशीले प्रस्तुत गरेको कार्यपत्रमा सुदूरपश्चिमका ८८ वटा स्थानीय तहहरु मध्ये ५२ वटा पालिकामा प्रविधिक विद्यालय भए पनि प्रभावकारी बन्न नसकेको उल्लेख गरे । विद्यालयहरुमा गणित, विज्ञान शिक्षकहरुको परिपूर्ति हुन नसकेको उनले कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पत्रकारहरुले शिक्षाको क्षेत्रमा विभिन्न प्रश्नहरु राखेका थिए । प्रश्नको उत्तर दिँदै निर्देशक जोशीले देशभर स्यानटरी प्याड गुणस्तर कम भएको गुनासो आएकोले त्यसका लागि स्थानीय सरकार ख्याल गर्नुपर्ने बताए ।
सम्बन्धित पाेस्टहरु