पूर्व प्रहरी संगठन सुदूरपश्चिमद्वारा प्रदेश प्रहरीलाई ज्ञापन

अत्तरिया, २४ फागुन : नेपाल पूर्व प्रहरी संगठन सुदूरपश्चिमले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । पूर्व प्रहरीहरूको ६० प्रतिशत भन्दा बढी कोषमा योगदान हुँदा हुँदै पनि नेपाल पूर्व प्रहरी संगठनले आफ्नो वर्ग माथि प्रहरी कल्याण कोष व्यवस्थापन सञ्चालक समितिले आफूहरूमाथि घोर अन्याय गरेको ठहर गर्दै देश व्यापी रूपमा ज्ञापन पत्र बुझाएको र सोही अनुरूप प्रदेश प्रहरी लाई पनि ज्ञापन बुझाइएको नेपाल पूर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष उत्तमबहादुर सिंहले बताए ।
प्रहरी कल्याण कोषको न्यायोचित वितरण गर भन्ने नाराका साथ प्रहरी कल्याण कोष व्यवस्थापनको विरोधमा देशव्यापी आन्दोलन र विरोध कार्यक्रमहरू अघि बढाउने भएको छ । हाम्रा मागहरू ज्ञापन पत्र बुझाएको ३५ दिन भित्र पुरा नगरे उग्र रूपमा आउन बाध्य हुने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिएका छन् । बिहिबार बिहान कैलाली संगठनले पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । नेपाल पूर्व प्रहरी संगठनले ६ बुँदे माग राख्दै बिहिबार देशब्यापीरुपमा देशभरका जिल्ला प्रहरी प्रमुखलाई ज्ञापन पत्र बझाएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.