Agni Offset Press

अनुत्पादक क्षेत्रको बजेटलाई निरूत्साहित गरे : निवर्तमानमन्त्री शाही

Aarati simant

अत्तरिया, २४ फागुन : सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आफ्नो कार्यकालमा भएका कामको संक्षिप्तमा जानकारी गराउँदै सरकारबाट बाहिरिएका छन् । धनगढीमा बिहीबार पत्रकार सम्मेलनमार्फत् उनले १४ महिना काम गर्ने अवसर प्राप्त दिइएकोमा आफ्ना मतदाता लगायत सबै पक्षलाई आभार व्यक्त गरे । उनी गत वर्ष माघ २७ गते मन्त्रीमा नियुक्त भएका थिए । उनले एक वर्ष बजेट ल्याउने अवसर पनि प्राप्त गरे ।
एकीकृत समाजवादी पार्टीबाट आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका उनले करिब १४ महिनामा केही महत्वपूर्ण उपलब्धि पनि भएको दाबी गरे । आफूले बजेट ल्याउँदा अनुत्पादक क्षेत्रको बजेटलाई निरूत्साहित गरेको शाहीले बताए ।
यस्तै घाटा बजेट पनि नकारेको बताए । विगतभन्दा आर्थिक वृद्धिदर पनि बढाएको उनको भनाइ छ । आफ्नो कार्यकालमा १५ वटा ऐन नियमावली बनेको उनले जानकारी दिए । ‘सुदूरपश्चिम सरकारबाट बाहिरिँदा केही दुःख लागेको छैन, अब अर्कोले जिम्मेवारी लिन्छ, प्रदेशको विकासका विषयमा जिम्मेवारी लिने खटिएर काम गर्नुपर्छ,’ उनले भने, ‘छाती फुलाएर गर्वका साथ बिदाइ हुन पाउँदा खुसी लागेको छ ।’ बिहिबार नै सरकारलाई दिएको सर्मथन एकीकृत समाजवादी पार्टीले फिर्ता लगेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.