बैतडीमा चितुवा मृत फेला

बैतडी : बैतडीमा चितुवा मृत फेला परेको छ। जिल्लाको मेलौली नगरपालीका– ८ सुर्नाया किनारमा विहिबार विहान चितुवा मृत अवस्थामा फेला परेको हो।

स्थानीयले बिहान ८ बजे चितुवा मृत अवस्था भेटाएका थिए । स्थानीयले खबर गरेपछि सव डिभिजन वन कार्यालय मेलौलीको टोलि घटनास्थ पगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप यादवले बताए । चितुवाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए ।

चितुवा आँफै मरेको हो वा केही अन्य कारणले मरेको भन्ने कुरा खुल्न बाँकी रहेको उनको भनाई छ। उनका अनुसार सव डिभिजन वन मेलौलीको टोलीले मरेको चितुवालाई पोष्टमार्टमका लागि भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनमा पुर्याउँदै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.