सुदूरपश्चिममा चौथो पटक मन्त्रीमण्डल विस्तार, नाउपाका ३ जनालाई मन्त्रीमा नियुक्त

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज चौठों पटक सरकार विस्तार गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका २ जनालाई मन्त्री र १ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शुक्रबार राती ९ बजे नवनियुक्त २ मन्त्री र १ राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिए । शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, ईन्द्र गिरि भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरी विना विभागिय मन्त्रीमा नियुक्त भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.