बाजुरा बुढीगंगा नदीमा एक महिलाको शव फेला, हाम फालेर मृत्यु भएको प्रहरीको आसंका

अत्तरिया, २६ फागुन : बाजुरा त्रिवेणी नगरपालिका बुढीगंगा नदीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको सोहि पालिकाको वडा नम्बर २ की अन्दाजी ३९ बर्षीय जानकी न्यौपाने शव फेला परेको हो । शनिबार विहान मृतक न्यौपानेका शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘मृतक व्यक्तिको सामाजिक सञ्जाल फेसबुकमा हालेको स्टाट्सका आधारमा खोजी गर्दा बुढीगंगा नदीमा शव फेला परेको हो’, उनले भने । ‘नजिकै ढुंगामा चप्पल र उहाँको प्रयाग गर्दै आएको मोबाइल समेत भएको हुनाले हाम फालेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप पोष्टमार्टमको रिपोर्टले पुष्टि गर्ला ।’ मृतक महिलाको गाउँ सिम्ला बाट बुढीगंगा नदीमा हिडेर पुग्न करिव चार घण्टा लाग्छ ।
मृतक महिलाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी निरीक्षक भण्डारीको भनाई रहेको छ । आफन्तहरु जिल्ला आईनपुगेका हुँदा पोष्टमार्टम हुन सकेको छैन् । आफन्तले दिएको जानकारी अनुसार शुक्रबार मृतक महिला घरमा छोराको विवाह पार्टी रहेको थियो । शुक्रबार उनी नारी दिवस कार्यक्रममा समेत सहभागि भएको जनाएको छ । मृतक महिला सिम्लामा रहेको पार्वती माध्यमिक विद्यालयकी कर्मचारी समेत रहेकी थिईन् । दुई छोरा र दुई छोरी गरी चार वटा सन्तान रहेका छन् । उनको श्रीमानको ५ बर्ष अगाडि मृत्यु भईसकेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.