Agni Offset Press

कैलारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Aarati simant

अत्तरिया, २६ फागुन : धनगढीको माया मेट्रो अस्पताल र नवजीवन सेवा संघको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर २ मा रहेको राष्ट्रिय माद्यामिक विद्यालयको प्राङ्गणमा शिविर शनिवार सम्पन्न भएको हो ।
माया मेट्रो हस्पिटलका वरिष्ठ विशेषज्ञ चिकित्सकद्वारा नाक कान घाँटी रोग विशेषज्ञ, दन्त चिकित्सक, हाडजोर्नी विशेषज्ञ सेवा र सिजनल रुगाखोकीका बिरामीलाई निःशुल्क सेवा प्रदान गरिएको थियो भने आवश्यक बिरामीहरूलाई निःशुल्क रूपमा औषधि प्रदान गरिएको थियो ।
उक्त शिविरमा करिब ४ सय भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएको अस्पतालका पब्लिक रिलेशन अफिसर आनन्द ऐरले जानकारी दिए । शिविरलाई कैलारी गाउँपालिका, नेपाल नेत्र ज्योति सङ्घ कैलाली, फिडा लगायतका संस्थाको सहयोग रहेको थियो । धनगढीबाट वरिष्ठ चिकित्सकहरू आएर आफ्नै गाउँ घरमा विशेषज्ञ सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुसी व्यक्त गरेका थिए । माया मेट्रो अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर विभिन्न स्थानमा सञ्चालन गर्दै आइरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.