गोदावरी नगरको नायल ताललाई पर्यटकीय क्षेत्र बनाउन स्थानीयसंग अन्तरक्रिया

अत्तरिया, २६ फागुन : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा पर्ने नायल तालको पर्यटन प्रर्वद्धनकालागि स्थानीयसंग अन्तरक्रिया गरिएको छ ।
फोटो पत्रकार महासंघ जिल्ला कार्यसमिति कैलालीको आयोजना तथा वडा नम्बर १२ को समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा उत्त वडाका वडा अध्यक्ष भिम बहादुर खड्का, फोटो पत्रकार महासंघ जिल्ला कार्यसमितिका पदाधीकारी, प्रदेश तथा केन्द्रिय प्रतिनिधी, सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका प्रतिनिधि सहित स्थानीयको उपस्थिति रहेको थियोे ।
कैलालीको अत्तरिया बजारबाट करिब ३० किलोकिटरको दुरीमा रहेको नायल ताल पर्यटन प्रर्वद्धनकासाथै पुर्वाधारको उचित व्यवस्था नहुँदा नायल ताल ओझेलमा परेको स्थानीयले गुनासो गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.