अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाउँमा रहेको समैजी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ ।
समैजी माविले विद्यालयको ४२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको हो । रगत संकलन कार्यक्रमको सुरुवातिमा नगर प्रमुख बिरेन्द्र भट्टले रगत संकलन गर्ने थैली र परिचय खुल्ने पर्चा हस्तान्तरण गरेका थिए । विद्यालयले सोमबार एक औपचारिक कार्यक्रमकाबिच ४२ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
सम्बन्धित पाेस्टहरु