अत्तरिया, २९ फागुन : गेटामा निर्माण भएका भवनमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन ल्याउन उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले प्रतिबद्धता जनाएका छन् ।
मंगलबार धनगढीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालय संघर्ष समितिले भेटघाटको कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले सुदूरपश्चिमका विकासका योजनाहरुमा अहिलेको सरकारको प्राथमिकता रहेको बताए । उनले सिंगो सरकार संर्घष समितिले गरेको माग अनुसार नै अगाडि बढ्ने उनले दावी गरेका हुन् । ‘संघर्ष समितिले उठाईरहेको माग अनुसार कानुन निर्माण अगाडि बढ्ने छ’, उनले भने, ‘सुदूरका जनताले चिकित्सा शिक्षा पढ्ने सहजतातर्फ सरकार अगाडि बढ्छ ।’
मन्त्री भण्डारीले गेटामा मेडिकल कलेजका कुरा देखि विश्वविद्यालय स्थापनासम्म आफु सरकार र सदन दुवैबाट सहभागी रहेको बताए । आर्थिक बर्ष २०७३÷७४ सालको बजेट आउँदा म पनि अर्थ मन्त्रालयमा थिए, केपी ओली नेतृत्वको सरकारमा म अर्थराज्य मन्त्री थिए मन्त्री भण्डारीले भने, ‘त्यो बेला गेटाका लागी अन्य आर्थिक बर्षभन्दा बढी बजेट बिनियोजन गर्न सफल भएका थियौँ, त्यसपछि म पद बाहिर हुँदापनि संघर्ष समितिको आवाजलाई सदनबाट बुलन्द गरे र गत बर्ष म उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री भएकै बेला गेटामा सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने निर्णयपनि गर्न सफल भयौँ, त्यस कारण म गेटा सित सधैँ जोडिएको छु ।’ बिचमा केही राजनितिक ब्यक्ती र जनप्रतिनिधिबाटै कस्ता बक्तब्य आए त्यो सबैलाई थाहा नै छ तर म सधैँ यहाँको जनताको आवाजको पक्षमा थिए र रहने छु भण्डारीले भने, अहिले फेरी सरकारमा जाने अवशर मिलेको छ, म गेटाका लागी सम्पुर्ण पहल गर्ने छु ।’
सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालनार्थ सघंर्ष समितिले विश्वविद्यालय बनाउने प्रक्रियालाई अँझ प्रभावकारी बनाउन आग्रह गरे । एमाले बैतडीको अधिवेशनमा सहभागी भएर काठमाण्डौँ फर्किन धनगढी पुगेका भण्डारीलाई भेटेर संघर्ष समितिले गेटामा हालसम्म हुनुपर्ने उपलब्धी अँझै नभएको जनाएको छ । सरकारले गेटामा ६ सय शैयाको अस्पताल सहित मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) ले भने, ‘यहाँ एक सय शैयाको अस्पताल भनेर सञ्चालन गरिएको छ, त्यो अस्पताल नभई खाली ओपिडि सेवामा सिमित छ, चिकित्सकलाई घाम ताप्न ठिक्क भएको छ, न यहाँ अप्रेशन सेवा छ, न एम्बुलेन्स सेवा, न प्रस्तुती सेवानै छ, खाली नामको अस्पताल खोलिएको छ, यसमा हामीलाई चित्त बुझेको छैन ।’
चाँडै मेडिकल विश्वविद्यालय सञ्चालन गर्न गेटामा ६ सय शैयाको अस्पताल सञ्चालन हुनुपर्छ त्यसका लागी तपाइको पहल जरुरी छ संयोजक आगोले भने, ‘तपाई गेटा मेडिकल कलेजका लागी बजेट विनियोजनका बेला देखि विश्वबिद्यालय नामाकरण सम्म प्रत्यक्ष सहभागी हुनुहुन्छ, सरकार स सदन दुवैबाट तपाइको प्रयास अथक थियो, अहिले ठिक्क तपाइनै क्याबिनेट मन्त्री बन्नुभाछ अब मेडिकल विश्वविद्यालयको काम तिब्र अगाडि बढ्नेमा हामी ढुक्क छौँ ।’ ‘आगो’ ले राष्ट्रिय सभाले मेडिकल सञ्चालनका लागि विधेयक पास भईसकेको हुँदा प्रतिनिधिसभामा पास गर्नका लागि मन्त्री दामोदर भण्डारीले भूमिका खेल्ने विश्वासव्यक्त गरे ।
सम्बन्धित पाेस्टहरु