Agni Offset Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई बहुमत जुटाउन सकस

Aarati simant

अत्तरिया : संघमा भएको गठबन्धन परिवर्तन संगै अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन सकस परेको छ ।
प्रदेश सरकारमा रहेको माओवादी केन्द्र र एकिकृत समाजवादीले समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्ती पार्टी, स्वतन्त्र सांसद र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसदको मत पाउने आशमा छन् । तर, संघ सरकारलाई नागरिक उन्मुक्तीले विश्वासको मत दिएसंगै सुदूरपश्चिमको सरकार ढल्ने सम्भावना छ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई सरकारबाट फिर्ता पठाएर नागरिक उन्मुक्ती, स्वतन्त्र सांसद र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसदको समर्थन पाउने आशमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह थिए । उन्मुक्तीका संरक्षक रेशम चौधरीले सरकारलाई समर्थन गर्ने बचन दिए संगै मुख्यमन्त्री शाहले उन्मुक्तीका तर्फबाट एक राज्यमन्त्री सहित ४ मन्त्री थपे ।
उन्मुक्तीबाट आर्थिक मामिला मन्त्रीमा घनश्याम चौधरी, भुमी, ब्यवस्था कृषी तथा सहकारी राज्यमन्त्रीमा इन्दिरा गिरि र खुशिराम चौधरीलाई बिना बिभागिय मन्त्री बनाएर स्वतन्त्र तथा राप्रपाकी सांसदलाई समेत शाह सरकारमा सहभागी गराउन चाहान्थे । स्वतन्त्र र राप्रपा सरकारमा नगएपछि फागुन २८ गते नागरिक उन्मुक्तीबाटै लक्ष्मण किसोर चौधरीलाई फेरी बिना बिभागिय मन्त्री बनाए । सरकार जोगाउन उन्मुक्तीका ५ जनालाई मन्त्री बनाएका शाह मन्त्रालय फुटाउने योजनामा समेत थिए । तत्काल उन्मुक्ती, स्वतन्त्र सांसद र राप्रपाबाट विश्वासको मत लिने तयारीमा रहेका शाहले उन्मुक्ती भित्रकै विवादका कारण विश्वासको मत लिने वातावरण भएको छैन । संघ सरकारलाई उन्मुक्तीले विश्वासको मत दिइसकेको छ । तरपनि मुख्यमन्त्री शाह विश्वासको मत चाँडै पाउने दावी गर्छन् । उन्मुक्ती भित्रको विवादकै बीच सपथ खाएका उन्मुक्तीका मन्त्रीहरुपनि यही सरकारले निरन्तरता पाउने दावी गर्छन् ।
उन्मुक्तीका अध्यक्ष र संरक्षक बिच पारिवारिक बिवाद भएको दावी गर्दै उनीहरु पार्टीमा कुनै समस्या नभएको र सुदूरपश्चिममा शाह नेतृत्वकै सरकारलाई समर्थन गर्ने दावी गरिरहेकाछन । सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्य रहेको नागरिक उन्मुक्तीबाट ५ जना मन्त्री भइसकेका छन् । उन्मुक्तीभित्र अध्यक्ष रञ्जिता श्रेस्ठ र रेशम चौधरी दुई धार प्रस्ट छ । रञ्जिता निकट रहेका सांसदहरुलाई मन्त्री बनाएर आफुतिर तानिरहेका रेशमले मुख्यमन्त्री शाहका लागी सबै मत जुटाउन सकिरहेका छैनन् । उन्मुक्तीबाटै पुर्व राज्यमन्त्री समेत रहेका कैलाश चौधरी यो सरकारलाई कुनै हालतमा समर्थन नगर्ने बताइरहेका छन्, भने अर्की सांसद टिका थापापनि रञ्जिता निकटनै रहेको पार्टी श्रोत बताउँछ । यसो हुँदा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना निकै न्युन छ ।
संरक्षक रेशम चौधरीले संघ सरकारलाई बिश्वासको मत नदिन निर्देशन गरेपनि अध्यक्ष रञ्जिताले मानिनन् र अन्तमा प्रधानमन्त्री प्रचण्डलाई पार्टीले बिश्वासको मत दियो । विवादकै बीच रेशमले फेसबुक स्टाटस समेत हालेका थिए । रञ्जिताले भने सामान्य फरक मत रहेको र पार्टी र परिवारमा कुनै कलह नरहेको बताएकी छन ।
पार्टी संरक्षक रेशमले शाह नेतृत्वकै सरकारमा आफ्ना सांसदलाई मन्त्री बनाउँदा रञ्जिताले अँझै सुदूरपश्चिम सरकार बारे मुख खोलेकी छैनन् । नयाँ गठबन्धनको सरकार बनाउनका लागीपनि उन्मुक्तीनै निर्णायक छ । नयाँ गठबन्धनमा सभामुख सहित ११ माओवादी, उप सभामुख सहित १० एमाले र ४ जना नेकपा एकिकृत समाजवादीका सांसद छन् । सरकार बनाउन अँझै ३ सांसदको आवश्यक्ता पर्छ । यसका लागी उन्मुक्तीकै समर्थन आवश्यक हुन्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.