Agni Offset Press

सुदूरपश्चिमको विकासले गति लिन्छ : ओली

Aarati simant

अत्तरिया : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासले गति पाउने दाबी गरेका छन् । कञ्चनपुरको एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सुदूरपश्चिमको विकास निर्माणले तीव्रता पाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्नेमा जोड दिए । ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ । हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडि बढाउँछौँ’ उनले भने ‘तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन् । ’ उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताए । ओलीले आफ्नो साथ सुदूरपश्चिममा रहेको भन्दै डिल्लीराज भट्टलाई प्रदेश प्रमुख बनाएको विषय पनि निकाले ।

चाँदनी दोधारामा १० क्युसेक पानी छोड्नुपर्ने सम्झौता भएको तर, त्यो अहिले कार्यान्वयन नभएको भन्दै उनले यस विषयमा कूटनीतिक कुरा गर्ने बताए । झोलुङ्गे पुल बनाएर तुइन विस्थापित गरेको भन्दै ओलीले आफू सरकार बाहिर भएपनि कुनै पनि काम अगाडि नबढेको बताए । अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरूलाई सुझाव दिए ।

उनले सर्वसम्मत मार्फत नेतृत्व चयन गर्न नभए स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुनेगरि काम गर्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले भत्किएको गठबन्धनले काम गर्न नसकेको उल्लेख गरे । आफूले तीन वर्षमै थुप्रै काम गरेको र जनताले त्यसको महसुस गरेको पनि ओलीले दाबी गरे । उनले अहिले सरकार समस्या समाधान गर्न लागिपरेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.