Agni Offset Press

बन्देगाडाबाट जग्गा नापी हुँदै

Aarati simant

अत्तरिया, १ चैत : कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को पहाडी बेल्ड मानिने क्षेत्रहरुमा बिहिबारबाट जग्गा नापजाँच सुरु भएको छ ।
बन्देगाडा, फूलबस्ति, मुरिभावर, चौकिगडा, गैरिगडा, भ्यागुतेपानी, हाटखोली, पट्रेनी, काफलपानी बेलपानीमा जग्गा नापी सुरु भएको हो ।
गोदावरी नगरपालिका–४ को पहाडी भेगमा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख विरेन्द्र भट्टले जिडिपिएस बाट सुरुको पोईन्ट फिक्स गरी नापजाँचको काम अगाडि बढेको छ ।
गोदावरीको वडा न.४ मा रोकिएको जग्गा नापीको काम बिहीबार गोदावरी नगरपालिका –४ को बन्देगडाबाट सुरु गरिएको हो । जग्गा नापीको कार्यक्रममा नगरप्रमुख भट्टले भने गाउँबस्तीमा आपसी मतभेद सँगै समस्या आउछन तेस्ता समस्या नआउने गरी जति सक्दो छिटो काम सकाउने गरी अगाडि बढाउन प्राविधिक टिमलाई निर्देशन दिए ।
नगरपालिकाले वडा नम्बर ४ का पहाडी भेगमा रहेका अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्न सुरु गरेको हो । यस क्षेत्र सँगै वडा न ४ का बन्देगाडा, फूलबस्ति, मुरिभावर, चौकिगडा, गैरिगडा, भ्यागुतेपानी, हाटखोली, पटेनी, बेलपानी लगायतका ठाउँहरुमा आज देखि नै जग्गाको नापजाच गर्ने काम सुरु भएको जानकारी अमिन रघुनाथ जोशीले बताए ।
जग्गा नाप जाँच कार्यक्रममा प्राविधिक टिम लगायत स्थानिय जनाको उपस्थिति रहेको थियो । यस क्षेत्रको जग्गा नापी उद्घाटन कार्यक्रमको सभापतित्व वडा न. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला भूमि आयोगकका सर्वेक्षक विरेन्द्र बहादुर सिंहले गरेका हुन । सहरी क्षेत्रमा नापीको काम अन्तिम चरणमा पुगेसंगै ग्रामिण क्षेत्रमा पनि सुरु भएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.