अत्तरिया : कैलालीको गोदावरी नगरपािलकाका विद्यालयमा आधारभुत तह कक्षा ८ को अन्तिम परीक्षा आज शुक्रबार देखि सुरु सुरु भएको छ ।
बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । परीक्षाकोलागि नगरपालिकाभित्र १२ ओटा केन्द्र र एउटा उप केन्द्र तोकिएको शिक्षा शाखाले जनाएको छ ।
परीक्षामा दुई हजार दुई सय २६ जना विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाको सबै तयारी पुरा भएको शिक्षा शाखाले जनाएको छ । परीक्षा चैत्र ९ गतेसम्म चल्नेछ ।