हुलाकी राजमार्ग धनगढीको कार्यालयमा तालाबन्दी

अत्तरिया : हुलाकी राजमार्ग, धनगढीको कार्यालयमा तालाबन्दी गरिएको छ। कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि पूरा नगर्ने निर्माण कम्पनीलाई संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाइएको हो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनगढीमा क्रान्तिकारी युवा संगठनले शुक्रवार बिहान ताला लगाएको हो। कञ्चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा र बाबा हंस सिद्धिकी शाहीलाई कर्मचारीले संरक्षण गरेको आरोप संगठनको छ। हुलाकी राजमार्ग निर्माणको काम अलपत्र गर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाएको संगठनले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.