Agni Offset Press

पैसा लुट्न मनी ट्रान्सफरका सञ्चालकको कञ्चटमा गोली प्रहार

Aarati simant

काठमाडौं : रौतहटस्थित शिव मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न आएका भारतीय नागरिकले शुक्रबार सञ्चालकको कञ्चटमा गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका रौतहट प्रहरी प्रमुख एवं एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उपचारका निम्ति उनलाई तत्काल स्थानीय अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित न्युरो अस्पतालमा पठाइएको एसपी श्रेष्ठले बताए । गोली प्रहार गर्ने भारत, बिहार प्रदेशको मोतिहारी जिल्लाको पूर्वी चम्पारणका मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूका साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.