Agni Offset Press

एसपीएले लियो सन्तोषी टोल क्षेत्र सफाईको जिम्मा, सफाई कर्मचारी नियुक्त

Aarati simant

अत्तरिया : धनगढीको एसपीए कलेजले आफ्नो पेरिफेरीको क्षेत्रमा सरसफाईको जिम्मा लिदैँ एकजना सफाई कर्मचारी नियुक्त गरेको छ । आफ्नो वरपरको ५०० मिटर क्षेत्रमा सफाईको जिम्मा लिने अभियान अन्तर्गत एसपीएले सन्तोषी टोल क्षेत्रमा सफाईको जिम्मा लिएको हो । आफ्नो २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा एसपीएले धनगढी उपमहानगरपालिकासँग उक्त क्षेत्रको सफाईका लागि एकजना सफाई कर्मचारी नियुक्त गर्ने सम्झौता समेत गरेको छ ।

एसपीएका प्रबन्ध निर्देशक सुवाश शाही र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले उक्त सम्झौता पत्रमा हस्तान्तरण गरे । हमालले आफ्नो धनगढी आफू बनाउँने अभियानमा यो महत्वपूर्ण कोशेढुंगा बन्ने बताए । उनले यस कार्यको अरुले पनि अनुसरण गर्नुपर्ने धारणा राखे । प्रबन्ध निर्देशक शाहीले सफा र स्वच्छ धनगढी बनाउँने उद्देश्यमा आफूहरुले हातेमालो गरेको र यस अभियानमा सबैलाई जोडिन आह्वान गरे । सम्झौता अनुसार सन्तोषी टोल क्षेत्रमा सरसफाईका लागि एसपीएले एक कर्मचारी नियुक्त गर्नेछ । उक्त कर्मचारीको सम्पूर्ण पारिश्रमिक एसपीएले ब्यहोर्नेछ ।

आफ्नो क्षेत्र सफाईकाले लागि एसपीएले नै यसअघि ५ सय मिटर सफाई अभियान चलाएको थियो । उक्त कार्यक्रम अन्तर्गत एसपीएले समय समयमा समुदायमा सरसफाई गर्दै आएको छ । वातावरण क्षेत्रमा काम गर्नका लागि एसपीएको ग्रीन क्लिन क्लब रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.