
अत्तरिया : सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख धनगढी आइपुगेका छन्। शुक्रवार सुदूरपश्चिमका नयाँ प्रदेश प्रमुख नजिर मियाँ धनगढी आइपुगेका हुन्।
सोमवार सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको थियो। बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश नियुक्त गरेका हुन्।
नियुक्ति पश्चात् कार्यभार सम्हाल्न मियाँ शुक्रवार धनगढी आइपुगे हुन्। उनलाई धनगढी विमानस्थलमा स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्वागत गरेको छ। मियाँले आजै पदभार ग्रहण गर्ने बुझिएको छ।
