Agni Offset Press

सौँराइ नारी सम्मान २०८० : ७ महिला सम्मानित

Aarati simant

अत्तरिया : धनगढी उपमहानगरमा रहेको सौँराइ स्क्वायरले सौँराइ नारी सम्मान कार्यक्रम २०८० शनिबार सप्पन्न भएको छ । कार्यक्रम १ सय १४ औ अतरराष्ट्रिय नारी दिवश अवसरमा सौँराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो ।

महिला तथा समाजमा योगदान पुर्‍याएका तर राज्यको दृस्ठिकोणमा नपरेका महिलाहरुलाइ सम्मान गरेको छ । सम्मानित हुनेहरुमा स्वास्थ्य क्षेत्रका जयकला रावल ,अपाङ्गता भएर पनि सफल व्यवशायी शान्ति रोकाया, थारु कला संस्कृति सरक्षण समीक्षा चौधरी, मानवअधिकार कर्मी महेश्वरी भट्ट, शिक्षिका तुलसी शर्मा , समाजसेवी सारदा शाह, पत्रकार जमुना न्युरे रहेका छन् ।

सम्मान कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगर पालिका उप प्रमुख कन्दकला रानाले धनगढी नगरपालिकामा पनि लैङ्गकि समानता छैन किनभने त्यहा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरु पुरुष नै छन् । त्यसले गर्दा लैङ्गकि समानता छैन, हामिले समान ज्याला, कानुनी प्रकियामा पनि अब समान हुनुपर्नेमा उनले जोड दिइन।

समाजमा रहेका हरेक क्षेत्रमा कार्य गरि महिलाहरुलाइ यसरी ब्यक्तिगत लगानी निजि क्षेत्र बाट एक ठाउँमा गरिएको यो सम्मानले अझै महिला हरुमा उर्जा थपिएको उनले बताईन । यस्ता सिर्जनसिल कार्य गरेकोमा सौराइ स्क्वायर लाई धन्यावाद समेत दिइन । कार्यक्रममा ग्लोबल आइएमइ बैंकका पुष्कर सुवेदी , कैलाली मोडल क्याम्पस प्रमुख तपेन्द्र सिह लगायत बक्ताहरुले शुभकामना दिएका थिए।

कार्यक्रमको सौराइ स्क्वायर धनगढीका प्रमुख उमेश बिक्रम शाहको सभापतित्वमा भएको थियो । सौराइ स्क्वायरले सौराइ नारी सम्मान कार्यक्रम गत बर्ष देखि मनाउदै आएको हो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.