
अत्तरिया : कैलालीको बौनीयामा एक ट्रकमा आगलागि भएको छ । शुनिबार पुर्व पश्चिम राजमार्गमा ट्रकमा आगलागि भएको हो । पुर्वबाट पश्चिम आउँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा मुडा र बौनीयाको बीचमा आगलागी भएको जनाएको छ।
ट्रकमा लाईटर, खुर्सानी बोकेको थियो। आगलागि के कसरी भएको खुलेको छैन् । आगो नियन्त्रणमा आईसकेको जनाएको छ । यस अघि सोमबार पनि कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो ।
