Agni Offset Press

प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा खडका सर्वसम्मत

Aarati simant

अत्तरिया, ३ चैत : प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शनिबार भएको संघको साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा प्रनीता भह, सचिवमा पदम राज भट्ट, कोषाध्यक्षमा आशिष शाह, प्रकृति पन्त र सह–कोषाध्यक्षमा ममता जोशी चयन भए ।
दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम वोगटी, देविचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनम राज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय सदस्यमा चयन भएका छन् ।
संघका केन्द्रीय उपाध्यक्ष दयाकृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले उद्घाटन गरे । साथै संघको पहिलो बैठकले नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा शिवराज सुनारलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । संघको अधिवेशन वैशाख ८ गते तोकिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.